जसपाको वडा अधिवेशन सम्पन्न

जनकपुरधाम, १७ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता रामजीवन यादव पुनः सर्वसम्मतिले ओैरही गाउँपालिका वडा नं १ को पार्टी अध्यक्षमा निर्वाचित भएका छन् ।
वडा अधिवेशन ऐक्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
ओैरही गाउँपालिका वडा नं १ को प्रथम वडा अधिवेशन जसपा नेपालका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।
नगर अध्यक्ष कमलदेव मण्डलले दिएको जानकारी अनुसार अधिवेशनबाट वडा कमिटीका पदाधिकारी, सदस्य, नगर तथा जिल्ला प्रतिनिधिहरू सर्वसम्मतिले चयन गरिएका छन् ।
अधिवेशनमा पार्टीका नगर अध्यक्ष कमलदेव मण्डल, निर्वाचन प्रतिनिधि शैलेन्द्र पासमान, जिल्ला सदस्य उदय चन्द्र मिश्रा, सचिव लालबहादुर यादव, सहसचिव रहमद राईन, वडाध्यक्षका प्रत्यासी युवा नेता विकास यादव, वडा कमिटी सचिव आमिन राईन र नेता सुभद्र यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनले जसपाको संगठनलाई अझै सुदृढ बनाउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


