राजावादीको प्रदर्शनमा १५ जना सुरक्षाकर्मी घाइते

काठमाडौं, १५ चैत । गृह मन्त्रालयले राजावादी समूहको प्रदर्शनका क्रममा १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा उग्रता बढ्दै जाँदा तोडफोड र आगजनीका घटनाहरू पनि घटेका छन् ।
गृह मन्त्रालयले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनका क्रममा भएका घटनाबारे जानकारी दिँदै प्रदर्शनको दौरान ठूलो मात्रामा तोडफोड र आगजनीको घटना भएको जनाएको छ । यसमा १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले केही सार्वजनिक संरचनाहरूमा तोडफोड गरेका र आगजनीको प्रयास गरेको उल्लेख गर्दै मन्त्रालयले यसको थप छानबिन र कारवाहीको तयारी गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


