औरही गाउँपालिका अध्यक्ष शिवजी यादव रिहा

सिरहा, १५ चैत । औरही गाउँपालिका अध्यक्ष शिवजी यादव शुक्रबार रिहा भएका छन् । दलितमाथि अन्याय र अत्याचार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष यादव रिहा भएका हुन् ।
रिहा भएपछिको प्रतिक्रिया दिँदै अध्यक्ष यादवले आफूले कुनै प्रकारको अन्याय नगरेको दावी दोहर्याए र घटनाको स्पष्टिकरण दिएका छन् ।
यादवले भने, ‘मैले दीपकलाई विस्थापित नगरी व्यवस्थापन गरेको हो । यो स्थानमा जन्मिएका, हुर्किएका र स–साना बालबालिका भएका व्यक्तिलाई अर्को ठाउँमा घर बनाइदिएका हौं ।’
अध्यक्ष यादवले दीपक मल्लिकसँगको घर जग्गाको विवादमा गत फागुन ११ गते सहमति भएको र आफूले खुशी खुशी नयाँ घरको सट्टा गाउँपालिकाले दिएको जग्गा लिने सम्झौतासमेत गरेका थिए। उनले भने, ‘दीपकको पुरानो घर ऐलानी जग्गामा थियो । हामीले सम्झौताअनुसार सबै कुरा मिलाएर व्यवस्थापन गरेका हौं ।’
औरही गाउँपालिकामा चैत १७ गतेदेखि विष्णुमहायज्ञको आयोजन हुने भएको छ । महायज्ञका तयारी अन्तर्गत भव्य कलश शोभा यात्रा पनि १७ गते आयोजना गरिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


