जनकपुरधाम, १४ चैत । कानु समाज नेपाल जनकपुरधाम नगर कमिटी तथा नगर युवा मञ्च कमिटीले अगामी वैशाख ६ गते शपथ ग्रहण कार्यक्रम गर्ने निर्णय भएको छ ।

कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगरपालिकामा नगर कमिटी तथा नगर युवा मञ्च कमिटी निर्वाचित पदाधिकारीहरुसंग भएको छलफलबाट उक्त निर्णय भएको छ ।

कानु समाज नेपाल धनुषा जिल्लाका अध्यक्ष उदय चन्द्र साहको अध्यक्षतामा सम्पन्न वृहत्त छलफलबाट अगामी वैशाख ६ गते शपथ ग्रहण कार्यक्रम गर्ने निर्णय भएको छ ।

स्थानीय महावीर युवा कमिटीको सभाकक्षमा आयोजित वृहत्त छलफलमा अधिवेशनको बन्दसत्रले सर्वसम्मतिबाट गठित पाँच सदस्यीय निर्वाचन समन्वय छनोट समिति सदस्य तथा कानु समाज नेपालका केन्द्रिय सदस्यद्वय पवन कुमार साह र कमल साह, जनकपुरधाम उपमहानगरपालिका– ३ का वडाध्यक्ष बेचन साह, प्राध्यापक रमेश कुमार साह र रामबहादुर साह, जिल्ला किमिटीका सचिव प्राध्यापक मुक्तिनाथ साह, कोषाध्यक्ष अशोक साह, बरिष्ठ पत्रकार श्रीनारायण साह, नवनिर्वाचित नगर कमिटीका अध्यक्ष शंकर साह तथा कार्यसमिति, युवा मञ्चका अध्यक्ष संतोष साह एवम् सम्पूर्ण कार्यसमितिको उपस्थिति रहेको थियो ।

कानु समाज धनुषाको प्रथम अधिवेशनले जनकपुरधाम उपमहानगरपालिकाका युवा व्यवसायी शंकर प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मतिबाट चयन भएको छ ।

अधिवेशनको बन्दसत्रले सर्वसम्मतिबाट पाँचसदस्यीय निर्वाचन समन्वय छनोट समिति गठन गरेको थियो । सो समितिले जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वडामा रहेका वैश्य मध्येशिया कानु, कानकुब्ज, मगहिया हलुवाई जातिमा भएका सक्रिय व्यक्तित्वहरुलाई कार्यसमितिमा चयन गर्न मद्त पुर्याएको जिल्ला कार्यसमितिका सचिव प्राध्यापक मुक्तिनाथ साहले बताए ।