पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालो झण्डा

दाङ, १४ चैत । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ ।
भट्टराई बसेको होटलको नजिक पुगेर राजावादी समर्थकहरुले प्रदर्शन गर्दै कालो झण्डा देखाएका हुन् ।
राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्री नेतृत्वको टोलीले ‘संघीयता खारेज गर, धर्मनिरपेक्ष खारेज गर’ लगायतका नारा लगाउँदै भट्टराईविरुद्ध विरोध जनाएका थिए । उनीहरुले पूर्वप्रधानमन्त्रीको नीतिहरू र संविधानको विपक्षमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा उत्रिएका व्यक्तिहरुका बोकेको कालो झण्डा प्रहरीले खोसेको छ । दाङ जिल्ला प्रहरी कार्यालयले यस घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।