बारामा १५० किलो गाँजासहित ४ जना पक्राउ

बारा, १३ चैत । बारामा १५० किलो गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार जितपुर सिमरा उपमहानगरपालिका–४ औराहाबाट विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारजनामा जितपुर सिमरा उपमहानगरपालिका–२२ चक्री टोलका ४२ वर्षीय बुद्ध घलान, ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय वीरबहादुर डम्बा र हेटौंडाका २७ वर्षीय सोमलाल पाख्रीन रहेका छन् ।
प्रहरीको अनुसार ती व्यक्तिहरू ६ वटा बोरामा १५० किलो गाँजा टाउकोमा बोकेर दुधौरा खोलाबाट रतनपुर हुँदै बकुलियातर्फ लैजाँदै थिए । प्रहरीले उनीहरूलाई ससुराल बजार नजिकैको क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीले गाँजासहित चारै जनालाई लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।