नेपाल मधेशी निजामतीकर्मी मञ्चका अध्यक्ष यादवद्वारा ११ बुँदे प्रतिवद्धता सार्वजनिक

जनकपुरधाम, ९ चैत । नेपाल मधेशी निजामतीकर्मचारी मञ्चका नवनिर्वाचित केन्द्रीय अध्यक्ष लालबाबु यादवले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफ्नो ११ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
यादवद्वारा जारी गरिएको प्रतिवद्धतामा निजामती कर्मचारीहरूको नियमित सरुवा, वृत्ति विकास र निजामती सेवा ऐन अनुसारको कार्यान्वयनका लागि दवावमूलक कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ ।
उनले संघ, प्रदेश र स्थानीय तहका मन्त्रालय तथा कार्यालयहरूमा सुशासनको प्रवद्र्धन गर्दै निष्पक्ष र स्वच्छ वातावरणमा जनताको सेवा प्रवाहको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले संघीयता कार्यान्वयनका क्रममा तीनै तहका सरकारद्वारा निजामती कर्मचारीहरू माथि भइरहेको विभेद र थिचोमिचो अन्त्य गर्न सक्रिय भूमिका खेल्ने र जनताको सेवा प्रवाहमा भयरहित वातावरण सिर्जना गर्न मञ्चले काम गर्ने बताए ।
साथै, प्रदेश सरकार र स्थानीय तहमा भइरहेको संघीय हस्तक्षेप बन्द गरी संविधान बमोजिमको अधिकार सूची अनुसार कामकाज सुनिश्चित गर्न उनले प्रतिवद्धता जनाएका छन् ।
यादवले संघीयता कार्यान्वयन र निजामती सेवामा सुधारका लागि मञ्चको तर्फबाट जारी गरेका ११ बुँदे प्रतिवद्धता मुलुकभरका निजामती कर्मचारीहरूका लागि महत्त्वपूर्ण सन्देश रहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


