जनकपुरधाममा कक्षा ८ को परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन, ९४ विद्यार्थी अनुपस्थित

जनकपुरधाम, ९ चैत । जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न परीक्षा केन्द्रहरूमा आधारभूत तह अन्तर्गत कक्षा ८ को परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ ।
नगर शिक्षा समितिका सदस्य दीपक ठाकुरका अनुसार जनकपुरधाम उपमहानगरपालिकाले १४ स्थानमा परीक्षा केन्द्रहरू तोकी परीक्षा सञ्चालन गर्दै आएको छ । सबै केन्द्रमा परीक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भइरहेको उनले बताए ।
शुक्रबारदेखि सुरु भएको परीक्षामा कुल ४ हजार ८०९ जना विद्यार्थी सहभागी हुने भनिए पनि ४ हजार ७१५ जना मात्र उपस्थित भएका छन् भने ९४ जना अनुपस्थित रहेको पाइएको छ । प्रत्येक दिन दिउँसो १ः३० बजे सुरु हुने परीक्षा चैत १५ गतेसम्म चल्नेछ ।
विद्यार्थीहरूले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य शारीरिक लगायत ऐच्छिक विषयहरू जस्तै गणित, कम्प्युटर, अंग्रेजी, मैथिली, र लेखाबाट कुनै एक विषयमा परीक्षा दिइरहेका छन् ।
पालिका अनुसार तोकिएका विद्यालय र केन्द्राध्यक्षहरूको विवरण यस प्रकार छ :
१. जनकी मावि जनकपुरधाम – केन्द्राध्यक्ष : जगदिश साह
२. यज्ञवल्क्य नमुना मावि ज्ञानकुप – केन्द्राध्यक्ष : संजय कुमार झा
३. संकटमोचन मावि जनकपुरधाम – केन्द्राध्यक्ष : बलराम यादव
४. कन्टिर झा मावि बभनगम्मा – केन्द्राध्यक्ष : शैलेन्द्र मल्लिक
५. सकल भवन कन्या मावि जनकपुर – केन्द्राध्यक्ष : उमाकृष्ण लाल कर्ण
६. मावि कुवारामपुर – केन्द्राध्यक्ष : मोद नारायण राउत
७. गोगल प्रसाद मावि बसहिया – केन्द्राध्यक्ष : महावीर दास
८. जानकी बोर्डिङ स्कूल जनकपुर – केन्द्राध्यक्ष : नरेश प्रसाई
९. नोवेल इङ्गलिस बोर्डिङ स्कूल जनकपुर – केन्द्राध्यक्ष : लटु यादव
१०. चिल्ड्रेन होली प्लेस बोर्डिङ स्कूल, जनकपुरधाम
११. राष्ट्रिय मावि रुपैठा बेल्ही – केन्द्राध्यक्ष : धिरेन्द्र चौधरी
१२. शिव शारदा बोर्डिङ स्कूल जनकपुर – केन्द्राध्यक्ष : सुजित मिश्र
१३. असर्फी साह आवासीय विद्यालय जनकपुर – केन्द्राध्यक्ष : राम दुलार पण्डित
१४. पारागन इङ्गलिस बोर्डिङ स्कूल जनकपुर – केन्द्राध्यक्ष : मनोज मौवार

परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको जानकारी प्राप्त भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


