सिरहामा गुडिरहेको स्कारपिओमा आगलागी

सिरहा, ७ चैत । सिरहाको मिर्चैया नगरपालिका–५ मा बिहीबार गुडिरहेको स्कारपिओ गाडीमा एक्कासि आगलागी भएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत संस्था चौकमा बा.१३ च १३२९ नम्बरको उक्त स्कारपिओमा आगलागी हुँदा अघिल्लो भागमा क्षति पुगेको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको सो गाडीको अगाडिको भागमा एक्कासि आगो लागेको थियो । घटनालगत्तै स्थानीयबासी र मिर्चैया नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
गाडीका चालकले प्रारम्भिक बयानमा ब्याट्री सर्ट भएर आगो लागेको हुनसक्ने बताए पनि आगलागीको कारण अझै पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले आगलागीको यकिन कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको बताए ।
घटनामा गाडीको अघिल्लो भागमा मात्र क्षति भएको छ भने मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारणबारे थप तथ्य उजागर गर्न प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


