कैलाली, ७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।

केही समयदेखि रिक्त रहेको निर्देशक पदमा डा. यादवलाई नियुक्त गरिएको हो ।

मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार डा. यादवलाई यस पदमा जिम्मेवारी प्रदान गरिएको हो । डा. यादव यसअघि ट्रमा सेन्टरका निर्देशकका रूपमा कार्यरत थिए । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा १०औं तहमा कार्यरत छन् ।

यसअघि गेटा अस्पतालको निर्देशक पदमा कार्यरत व्यक्तिले राजीनामा दिएका कारण यो पद रिक्त थियो । डा. यादवले यसअघि जनकपुर प्रादेशिक अस्पतालको निर्देशकका रूपमा पनि काम गरिसकेका छन् ।

गेटा अस्पतालको निर्देशनमा नियुक्त डा. यादवलाई स्वास्थ्य सेवामा सुधार ल्याउने र अस्पतालको व्यवस्थापनलाई थप दक्ष बनाउने जिम्मेवारी दिइएको छ ।