पौने ४ किलो सुनसहित ४ विदेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं, १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईको विमानबाट अवतरण गरेका ४ विदेशी नागरिकलाई झन्डै पौने ४ किलो सुनसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३ महिला र १ पुरुष रहेका छन् ।
विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठोरका अनुसार बिहीबार विमानस्थलको सुरक्षाकर्मीले ती ४ विदेशी नागरिकलाई पक्राउ गरेर उनीहरूको साथबाट ३ हजार ७४५ ग्राम सुन बरामद भएको जानकारी दिएका छन् ।
पक्राउ परेका व्यक्तिहरूले सुन तस्करी गर्ने उद्देश्यले नेपाल प्रवेश गरेको आशंका गरिएको छ । प्रहरीले उनीहरूका बारेमा थप अनुसन्धान सुरु गरेको छ । सुनको वैधता र तस्करी नेटवर्कका बारेमा विस्तृत जाँच भइरहेको छ ।
सुरक्षा निकायहरूले त्रिभुवन विमानस्थलमा सर्तकता बढाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


