लोसपाको नगर सचिवमा युवा नेता प्रशान्त झा चयन

जनकपुरधाम, १५ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जनकपुरधाम नगर सचिवको जिम्मेवारीमा युवा नेता प्रशान्त झा चयन भएका छन् ।
लोसपा स्थापनाकालदेखि महन्थ ठाकुरसँग निकट सम्पर्कमा रहेका झा पार्टीका सक्रिय नेता हुन् । उनी हाल जनकपुरधाम नगर सचिवको रूपमा नयाँ जिम्मेवारी पाएका छन् ।
प्रशान्त झा लामो समयदेखि लोसपा पार्टीको गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनी महन्थ ठाकुरको तत्कालिन पार्टीका सदस्यसमेत रहेका छन् । उनको पार्टीको लागि समर्पण र कडा मेहनतलाई ध्यानमा राख्दै उनलाई नगर सचिवको जिम्मेवारी दिइएको हो ।
यसअघिको राराब स्ववियू निर्वाचनमा उनले ठूलो लोकप्रियता हासिल गरेका थिए । जनकपुरधामका सामाजिक र राजनीतिक गतिविधिमा समेत उनी एक सक्रिय युवा नेता रूपमा परिचित छन् ।
प्रशान्त झा एमालेतर्फ जाने चर्चा थियो । यद्यपि, उनले आफ्नो राजनीतिक यात्रा लोसपामा नै जारी राखेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


