महोत्तरीको एक अवैध डान्सबारमा छापामारी, महिलासहित ११ जना पक्राउ

महोत्तरी, १५ फागुन । महोत्तरी जिल्लाको औरही नगरपालिका–२ स्थित ब्लयाक एण्ड व्हाइट डान्सबारमा प्रहरीले छापा मारेर ८ महिला र ३ पुरुष सहित ११ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उक्त डान्सबारबाट सबैलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त डान्सबार सञ्चालन गर्न सम्बन्धित निकायबाट कुनै पनि स्वीकृति प्राप्त गरिएको थिएन । डान्सबारमा महिलाहरूलाई कर्मचारीको रूपमा राखेर सामाजिक मूल्य र मान्यतामा असर पुर्याउने कार्य भइरहेको बताइएको छ ।
प्रारम्भिक छानबिनबाट डान्सबार अवैध रूपमा सञ्चालन भइरहेको र यसले स्थानीय समाजमा नकारात्मक प्रभाव पारिरहेको प्रहरीले पुष्टि गरेको छ ।
पक्राउ परेका ११ जनालाई अभद्र व्यवहारको आरोपमा म्याद थप गराएर थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ । प्रहरीले अवैध गतिविधिहरूमा संलग्न व्यक्तिहरूको खोजी जारी राखेको बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


