राराब क्याम्पसमा स्ववीयू चुनावका लागि १३ सदस्यीय निर्वाचन समिति गठन

जनकपुरधाम, १३ फागुन । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा आगामी चैत १२ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारी सुरु भएको छ । क्याम्पस प्रशासनले चुनावको लागि १३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
निर्वाचन समिति प्रमुखको जिम्मेवारी उपप्रध्यापक धीरेन्द्रकुमार यादवलाई दिइएको छ । समितिमा सदस्य सचिवको भूमिका उपप्रध्यापक गुलजार राउतले निर्वाह गर्नेछन् ।
यसका साथै अन्य सदस्यहरूको रूपमा उपप्रध्यापक दिलिपकुमार राय, उपप्रध्यापक ज्ञानेन्द्रकुमार मल्लिक, प्राध्यापक डा. संजयकुमार, उपप्रध्यापक भरतलाल कर्ण, उपप्रध्यापक डा. रामलखन साह, शिक्षण सहायक जगन्नाथ चौधरी, निमित लेखा अधिकृत देवेन्द्रकुमार साह, मु. प्र. स. ९ कर्मचारी संघ सभापति रामबाबु कुशियैत, प्रा. स. ज्ञानेन्द्रलाल कर्ण र प्रा. स. दिप्पुकुमार रायलाई समितिमा समावेश गरिएको छ ।
निर्वाचन समितिको गठनपछि अब क्याम्पसमा चुनावी प्रक्रिया र गतिविधिहरू तीव्र गति लिने अपेक्षा गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव क्याम्पसको शैक्षिक वातावरण र विद्यार्थीहरूको लोकतान्त्रिक अधिकारको प्रतीक मानिन्छ । यसले क्याम्पसको शैक्षिक र प्रशासनिक गतिविधिमा सक्रिय भूमिका खेल्ने गर्दछ ।
क्याम्पसका प्रमुख र प्रशासनले चुनावको शान्तिपूर्ण र पारदर्शी प्रक्रिया सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । यस समितिले चुनावका सबै प्रक्रिया र विधिहरू सही तरिकामा अघि बढाउनेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


