कुलमानलाई तेस्रो पटक स्पष्टीकरण सोध्न निर्देशन

काठमाडौं, १३ फागुन । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तेस्रो पटक स्पष्टीकरण सोधेका छन् ।
मन्त्री खड्काले यसअघि भएका दुई पटकको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै घिसिङलाई २४ घण्टाभित्र कार्यकारी निर्देशकको पदबाट हटाउने विषयमा स्पष्टीकरण पेस गर्न आदेश दिएका हुन् ।
मन्त्री खड्काले भने, ‘तपाईंले विगतमा पेस गरेका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो थिएनन्, त्यसैले यस विषयमा थप स्पष्टता दिनुपर्ने आवश्यक छ ।’ घिसिङलाई २०८१।११।१३ को मन्त्रिस्तरको निर्णयअनुसार २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा घिसिङले गरेका कार्यहरूको विवरण सोधिएको छ । यसमा उनका कार्यसम्पादन सम्झौताका सर्तहरूको पालना र प्राधिकरणका गतिविधिहरूसम्बन्धी बिवरण माग गरिएको छ ।
मन्त्री खड्काले आफूले यो विषयलाई मन्त्रालयको कार्यसम्पादन सम्झौता र नेपाल विद्युत् प्राधिकरणको सेवा सुविधासम्बन्धी विनियमावली अनुसार समीक्षा गर्ने निर्णय लिएको बताएका छन् ।
सोमबारको मन्त्रिपरिषद्को बैठकमा घिसिङलाई पदबाट हटाउने प्रस्ताव राख्न तयारी गरिएपनि राज्यमन्त्री पूर्णबहादुर तामाङको असहयोगका कारण त्यो प्रस्ताव पछि धकेलिएको छ । मन्त्री खड्काले यस सम्बन्धमा थप प्रक्रिया अघि बढाउने योजना बनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


