काठमाडौं, ११ फागुन । नेपालमा शङ्कास्पद गतिविधिमा संलग्न ७ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीको ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार बंगलादेशी नागरिकहरूले नेपालमा गैरकानूनी रुपमा बसोबास गर्दा शङ्कास्पद गतिविधिहरुमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरी अध्यागमन विभागमा बुझाइएको छ ।

पक्राउ परेका बंगलादेशी नागरिकहरूमा मोहम्मद अतिकुल इस्लाम, मोहम्मद अलाम मोला, मोहम्मद जहांगिर आलम, मोहम्मद अमिनुल हक, मोहम्मद मन्दादुल हक, मोहम्मद नारिरुद्धिन र मोहम्मद मोसरफ हुसेन रहेका छन् ।

प्रहरीको अनुसन्धान कार्य जारी छ । उनीहरूको गतिविधिहरूको थप अनुसन्धान गरिने बताइएको छ ।