नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं, ११ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले शनिबार र आइतबार काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकमा ९ जना केन्द्रीय सदस्यहरूको मनोनयन गरेको छ।
पार्टीको विधानअनुसार ११ पदाधिकारी र ९९ सदस्यहरूको केन्द्रीय समिति गठन हुने व्यवस्था अनुसार १० प्रतिशत सदस्यहरू मनोनीत गरिएको हो।
पार्टी प्रवक्ता कृष्ण शर्माले भने, ‘केन्द्रीय समिति बैठकले ९ जना केन्द्रीय सदस्यहरूको नामावलीलाई स्वीकृति दिएको छ । यसमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन् ।’
बैठकमा कार्य विभाजन पनि तय गरिएको छ र सबै केन्द्रीय सदस्यहरू जिल्ला तथा पालिका तहसम्म उत्प्रेरकको रूपमा जानेछन्। यसका साथै, सल्लाहकार परिषद् र आयोग प्रमुखहरूको चयन पनि गरिएको छ।
सल्लाहकार परिषद्ः भक्तबहादुर शाह
विज्ञ परिषद्ः हिसिला यमी
अनुशासन आयोगः मोती रिजाल
निर्वाचन आयोगः रामकुमार पुरी
लेखा आयोगः डा. जनक शाह
पुनरावेदन समितिः विष्णुहरि शर्मा
सङ्घीय परिषद्को अध्यक्ष केन्द्रीय समिति अध्यक्ष डा. बाबुराम भट्टराई चयन भएका छन्। यसले आगामी विधान अधिवेशनको काम गर्नेछ।
केन्द्रीय समिति र अन्य संरचनाका प्रमुखहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ । बाँकी १६५ सदस्यहरू निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्नेछन् । जसमा १० प्रतिशत सदस्य मनोनीत हुनेछ।
पार्टीका विभाग प्रमुखहरूको नामावली पनि सार्वजनिक गरिएको छ।
विभाग प्रमुखहरूः
प्रशिक्षणः पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई
सङ्गठनः महासचिव सोनामसिंह स्याङ्तान
अन्तर्राष्ट्रियः उपाध्यक्ष मानुषी यमी भट्टराई
प्रवक्ता एवं प्रचार प्रसारः कृष्ण शर्मा
सामाजिक अभियान एवं जनपरिचालनः जी एस गुरुङ
आर्थिक व्यवस्थापनः हरि रिजाल
कार्यालय प्रमुखः अर्जुन थपलिया
प्रदेश उत्प्रेरकहरूको नामावलीः
कोशी प्रदेशः भरत दाहाल
मधेश प्रदेशः उमेश साह
बागमती प्रदेशः आशा कुमारी तामाङ
गण्डकी प्रदेशः फणीन्द्र देवकोटा
लुम्बिनी प्रदेशः हरि रिजाल
कर्णाली प्रदेशः टेकम बाठा मगर
सुदूरपश्चिम प्रदेशः दुर्गा सोब
प्रवासः मानुषी यमी भट्टराई
भारत प्रवासः लक्ष्मण कार्की
आङ्गिक सङ्गठन प्रमुखहरूः
महिलाः सिर्जना रिजाल
किसानः अमृतकुमार पुरी
मजदुरः तेजलाल कर्ण
युवाः जेकेन्द्र श्रेष्ठ
विद्यार्थीः रूपनारायण श्रेष्ठ
आदिवासी जनजातिः डिबी लिम्बू
दलितः गजाधर सुनार
उद्योग व्यवसायः छन्द पन्थी