जनकपुरधाम, ११ फागुन । प्रेस सेन्टर नेपालको पाँचौँ प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।

शनिबार बर्दिबासमा सम्पन्न अधिवेशनबाट पर्साका पत्रकार निरज पिठाकोटीलाई मधेश प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो । पिठाकोठीलाई सर्वसम्मत चयन गरिएको छ ।

नयाँ नेतृत्व चयनसँगै प्रेस सेन्टर नेपालका अन्य पदाधिकारीहरू पनि चयन भएका छन् । बरिष्ट उपाध्यक्षको रूपमा सप्तरीका गोपाल गुप्ता, उपाध्यक्षमा धनुषाका रामएकवाल महरा र महासचिवमा सिरहाका जिवछ उदासी चयन भएका छन् ।

त्यसैगरी, सचिव पदमा धनुषाका विनोद महतो, बाराका रमेश साह, पर्साका रञ्जित पाण्डे, सप्तरीका दिपेन्द्र यादव, महोत्तरीका विष्णु गुप्ता, रौतहटका ओमकिशोर चौधरीलाई चयन गरिएको छ । कोषाध्यक्षको जिम्मेवारी महोत्तरीका निरञ्जन साहलाई दिइएको छ ।

सदस्यहरूको रूपमा धनुषाकी प्रतिभा झा, सिरहाका रामनारायण ठाकुर र आमस्त चौधरी, सप्तरीका महेन्द्र मण्डल, महोत्तरीकी इशारा लामा, पर्साका भरत सर्राफ र सुव्दर हुसेन, सर्लाहीका सन्तोष लामा र सुमन लामा, बाराका उमेश घलान र मुकेशकुमार मेहता चयन भएको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवम् मधेश इन्चार्ज गोविन्द देवकोटाले जानकारी दिए ।

उनले प्रेस सेन्टर नेपालको महिला प्रतिनिधित्वलाई पनि महत्वपूर्ण बताउँदै पहिलो बैठकबाट महिला उपाध्यक्षको मनोनयन गर्ने योजना रहेको बताए ।