काठमाडौं, ८ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको कक्षा ११ र १२ का साधारण धारतर्फका आंशिक तथा ग्रेड वृद्धि र प्राविधिक धारतर्फका आंशिक परीक्षार्थीहरूको समयतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गर्दै आंशिक परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।

आगामी वर्षको वार्षिक परीक्षा बैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गतेसम्म सञ्चालन हुनेछ ।

समयतालिका अनुसार हरेक परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गरिनेछ ।

कक्षा ११ र १२ का परीक्षार्थीलाई अब आफ्नो तयारीको लागि समय तालिका अनुसार प्रबन्ध मिलाउन सजिलो हुने जनाइएको छ ।

परीक्षामा कक्षा ११ र १२ का आंशिक परीक्षार्थीहरू सहभागी हुनेछन् । त्यसमा साधारण धार तथा प्राविधिक धारका विद्यार्थीहरू सामेल हुनेछन् ।