प्रेस मञ्च नेपालको राष्ट्रिय महाधिवेशन बैशाख ६ र ७ गते जनकपुरधाममा हुने

जनकपुरधाम, ८ फागुन । प्रेस मञ्च नेपालले आगामी बैशाख ६ र ७ गते जनकपुरधाममा आफ्नो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
आज जनकपुरधाममा सम्पन्न केन्द्रिय समितिको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै महाधिवेशनका कार्यक्रम तय गरिएको जानकारी महासचिव अवधेश कुमार झाले दिएका छन् ।
महाधिवेशनका लागि प्रेस मञ्च नेपालले आगामी फागुन मसान्तसम्म सदस्यता वितरण, चैत्र १५ गते भित्र जिल्ला अधिवेशन, चैत्र मसान्तसम्म प्रदेश अधिवेशन र अन्तिममा बैशाख ६ गते राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गर्ने योजना बनाएको छ ।
प्रेस मञ्च नेपालले यस महाधिवेशनलाई जनता समाजवादी पार्टी नेपालका भातृ संगठनको रुपमा आयोजना गर्न लागेको हो ।
जसपा नेपालले आफ्ना भातृ तथा शुभेच्छुक संगठनहरुलाई बैशाख मसान्त भित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । त्यसको आधारमा प्रेस मञ्च नेपालले यस महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको हो ।
कार्यवाहक अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको बैठकमा विभिन्न नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकमा जसपा नेपालका कार्यकारिणी समिति सदस्य डा. सुरेन्द्र यादव, जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव, प्रेस मञ्च नेपालका संस्थापक आतिश मिश्र लगायतका नेताहरू उपस्थित थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


