वीरगन्जमा भारतीय युवक गाँजा र चरेससहित पक्राउ

पर्सा, ८ फागुन । वीरगन्ज महानगरपालिका–१६ बाट एक भारतीय युवक गाँजा र चरेससहित पक्राउ परेका छन् ।
भारत पश्चिम बंगालको नदिया थाना बधकुल्ला बजार कोलनीका २८ वर्षीय राज अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट भारत जाने क्रममा अधिकारीलाई प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित जाँच टोलीले पक्राउ गरेको थियो ।
पक्राउ गर्दा अधिकारीसँग रहेको क्यामो ब्यागभित्र ससाना पोकामा लुकाइ राखिएको लागुऔषध गाँजा ६ किलो ३ सय ग्राम र २ किलो १ सय ग्राम चरेस प्रहरीले बरामद गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी सुवास भट्टले अधिकारीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य जारी रहेको जानकारी दिए ।
लागुऔषध तस्करीको घटनामा भारत र नेपालका सीमावर्ती क्षेत्रहरूमा सुरक्षा निकायले कडाइका साथ निगरानी बढाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


