काठमाडौं, ७ फागुन । चिकित्साशास्त्रमा गरेको अद्वितीय योगदानको लागि डा. ओम मूर्ति अनिललाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ बाट सम्मानित गरिएको छ ।

यो पुरस्कार शान्ति, सुशासन, नवप्रवर्तन र समाज सेवामा डा. अनिलले गरेको उत्कृष्ट योगदानको मान्यता हो ।

डा. अनिलले महोत्तरी जिल्लामा मात्र नभई देशभर स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनको कार्यले समग्रमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको छ ।

समाजको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने उनको अथक परिश्रम र समर्पणलाई सम्मान जनाउँदै उनलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो ।

डा. अनिलका योगदानहरूले समाजमा स्वास्थ्य सेवा पुर्याउनका लागि व्यापक असर छोडेका छन् । उनका कार्यहरूले समुदायमा स्वस्थ्य र सशक्त जीवनको निर्माणमा महत्त्वपूर्ण कदम पुर्याएको छ ।

उनले स्वास्थ्य सेवामा नवप्रवर्तनको पक्षमा निरन्तर प्रयास गर्दै आएका छन् । यसका लागि पुर्याएको योगदानको मूल्यांकन गर्दै यो पुरस्कार दिइएको हो ।