पर्सा, ७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जस्थित विभिन्न निजी अस्पतालहरूको अनुगमन गरेका छन् ।

अनुगमन टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी सन्तोष कुमार ठाकुर पनि सहभागि थिए ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा भएको यस अनुगमनको उद्देश्य निजी अस्पतालहरूको सेवा, स्वच्छता र व्यवस्थापनको अवस्थाबारे विस्तृत जानकारी प्राप्त गर्नु थियो ।

अनुगमन टोलीले पहिलो चरणमा भवानी अस्पतालको निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा अस्पतालका फोहोर व्यवस्थापनको प्रणालीमा सुधारका लागि निर्देशन दिइएको थियो ।

भवानी अस्पतालबाट सुरु भएको अनुगमन अब अन्य निजी अस्पतालहरूमा पनि जारी रहेको छ । यस अनुगमनले स्वास्थ्य सेवामा सुधार ल्याउन सरकारको गम्भीर पहल र प्रतिबद्धता भएको कुरा टोलीले बताएको छ ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवाको गुणस्तर र सफाइमा सुधारको आवश्यकता औंल्याउँदै अस्पतालहरूको व्यवस्थापन र कर्मचारीहरूको कार्यसम्पादनमा पनि ध्यान दिनुपर्ने भन्दै यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।