जनकपुरधाममा एचआरआइटी विश्वविद्यालयको कन्सलटेन्ट मिटिङ सम्पन्न

जनकपुरधाम, ६ फागुन । भारतको गजियावादस्थित एचआरआइटी विश्वविद्यालयको कन्सलटेन्ट मिटिङ जनकपुरधाममा सम्पन्न भएको छ । सो समारोहमा शिक्षासँग आबद्ध व्यक्तिहरु र विभिन्न क्षेत्रका प्रमुख व्यक्तिहरुले सहभागिता जनाएका थिए ।
एचआरआइटी विश्वविद्यालयका प्रशासन प्रमुख समृद्धि त्यागीले सो अवसरमा विश्वविद्यालयको विशेषता प्रस्तुत गर्दै भने, ‘एचआरआइटी विश्वविद्यालय नेपाली विद्यार्थीहरुको प्रमुख रोजाइमा रहेको छ र हामी यहाँका विद्यार्थीलाई विशेष सुविधा पनि प्रदान गर्दै आएका छौं ।’
उनले सबैलाई आश्वस्त गर्दै यो विश्वविद्यालयको विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा योगदान पुर्याउन प्रतिबद्ध रहेको बताइन् ।
त्यसैगरी, समृद्धि त्यागीले प्रदेश सांसद रामअशिष यादवको सिफारिसमा प्रत्येक वर्ष एक गरीब र जेहेन्दार विद्यार्थीलाई निशुल्क शिक्षा दिने घोषणा गरिन् । यस कदमले गरीब र सामान्य परिवारका विद्यार्थीहरुलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ ।
समारोहको आयोजक जनकपुर एजुकेशनल कन्सल्टेंसी एसोसिएशन (जेईसीए) को निमन्त्रणामा प्रदेश सांसद रामअशिष यादव, राजर्षि जनक विश्वविद्यालयका रजिष्टार सत्यनारायण साह लगायतका प्रमुख व्यक्तिहरुले बोलेका थिए ।
सांसद यादवले शिक्षाको महत्वलाई जोड्दै भने, ‘नेपाल सरकारलाई शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिने र प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता छ ।’
कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका डिन डा. नागेन्द्र कटुवाल र जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा समितिका सदस्य दीपक ठाकुरको समेत सहभागिता रहेको थियो ।
सांस्कृतिक कार्यक्रमको रूपमा मिथिला नाट्य कला परिषदका कलाकारहरुले मैथिली गीत र नृत्य प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


