रुपन्देहीमा वडाध्यक्षद्वारा शिक्षा शाखा प्रमुखमाथि हातपात

बुटवल, ५ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिका कार्यपालिकाको बैठकमा वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका छन् ।
वडा नं. २ का वडाध्यक्ष करम हुसेन खानले शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेको घटनाले गाउँपालिकामा हलचल मचाएको छ ।
कार्यपालिका बैठकको क्रममा घिमिरेमाथि हातपात भएको भनाइ कर्मचारीहरूबाट आएको छ । घिमिरेले वडाध्यक्ष खानले आफूलाई शारीरिक दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
घटनाको बारेमा कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभएसम्म काममा नफर्कने अडान लिएको जनाएका छन् । यसले गाउँपालिकाका अन्य कामकाजमा असर पुर्याएको र सेवाग्राहीको कामकाज पनि अवरुद्ध भएको छ ।
घिमिरेले घटना पश्चात् वडाध्यक्ष खानको फोन सम्पर्क गर्न प्रयास गरेपनि उनका फोन अफ भएको उल्लेख गरिएको छ । यस घटनालाई लिएर गाउँपालिकामा तनावको स्थिति सिर्जना भएको छ ।