समृद्धिको प्रवेशद्वार शिक्षा हो : प्रदेश सांसद यादव

जनकपुरधाम, ४ फागुन । मधेश प्रदेशको राजधानी जनकपुरधामको विद्यानगर टोलमास्थित न्यु लाइफ ईग्लिश बोर्डिङ स्कूलले १३औं वार्षिकोत्सव समारोह आयोजना गरेको छ । कार्यक्रममा शिक्षाप्रेमी प्रदेश सांसद रामअशिष यादवले प्रमुख अतिथिको रूपमा उपस्थित भएर शुभारम्भ गरे ।
सो अवसरमा बोल्दै प्रदेश सांसद यादवले शिक्षा समृद्धिको वास्तविक प्रवेशद्वार भएको बताए ।
उनले भने, ‘शिक्षा नै हाम्रो समाजको मुख्य पिलर हो । र ,समृद्धिको लागि शिक्षा अनिवार्य आवश्यकता हो । आजको युवा पुस्ता र बालबालिकालाई सही शिक्षा प्राप्त गर्नु अत्यन्तै आवश्यक छ । ताकि भविष्यमा उनीहरूले राष्ट्रको समृद्धिमा योगदान पुर्याउन सकुन् ।’
कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक ब्रम्हाकुमार हेमनारायण शर्माले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवसँगै अन्य शिक्षक, पत्रकार, समाजसेवी र प्रमुख व्यक्तिहरूले शिक्षाको महत्त्व र यसको विकासका लागि विभिन्न दृष्टिकोण प्रस्तुत गरे ।
विद्यालयका प्रिन्सिपल नागमणि शर्मा, पत्रकार प्रेमचन्द्र झा, प्याब्सनका नगर अध्यक्ष रविन्द्र चौधरी, किडि कन्भेन्ट स्कूलका प्रिन्सिपल बिमल साह, प्रहरी नायब निरक्षिक प्रमोद महतो, समाजसेवी रामभगत यादव र अन्य वक्ताहरूले आफ्नो विचार व्यक्त गर्दै शिक्षा विकासका लागि सबैको सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिए ।
कार्यक्रमका वक्ताहरूले भने, ‘शिक्षा भनेको केवल पुस्तक ज्ञान मात्र होइन, जीवन कौशल र सामाजिक जिम्मेवारीको बोध पनि हो । शिक्षाको विकासमा राज्य, शिक्षक र अभिभावकहरूको साझा प्रयास अनिवार्य छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


