विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं, ३ फागुन । अमेरिका, क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपालचोकका गणेशबहादुर थापा, काभ्रेपलाञ्चोकका दिनेशप्रसाद अधिकारी र धादिङका दिनेश अधिकारी छन् ।
दिनेश अधिकारीले एक युवकलाई अमेरिका पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार रुपैयाँ ठगेको उजुरी प्रहरीमा परेको छ । यस्तै, गणेशबहादुर थापा र दिनेशप्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनाबाट ७१ लाख ७० हजार रुपैयाँ ठगेको आरोप लागेको छ ।
पीडितहरूले ठग्ने व्यक्तिहरूसँग रकम बुझाएका भए पनि पछि उनीहरूको सम्पर्कविहीन भएको र कुनै पनि जानकारी प्राप्त नभएको बताएका छन् ।
प्रहरीले तीनै जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


