मुख्यमन्त्री सिंहविरुद्ध जनकपुरधाममा मसाल जुलुस प्रदर्शन

जनकपुरधाम, २ फागुन । जनकपुरधाममा शुक्रवार साँझ राष्ट्रि एकता अभियानका युवाहरुले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको विरोधमा मसाल जुलुस प्रदर्शन गरेका छन् । यो प्रदर्शन जनकपुरधामको प्रमुख चोकहरू हुँदै जनक चोकमा समापन भएको थियो ।
मसाल जुलुसको क्रममा युवाहरुले मुख्यमन्त्री सिंह र प्रदेश सरकारको विरोधमा ’मुख्यमन्त्री सतीश सिंह मुर्दाबाद’ र ’प्रदेश सरकार मुर्दाबाद’ जस्ता नारा लगाएका थिए । उनीहरुले मुख्यमन्त्रीको नेतृत्वमा भएको ढिलाइ र असंतुष्ट जनताको गुनासो उठाएका छन् ।
अभियानका युवा अक्षय यादवले मुख्यमन्त्री सिंहको कार्यशैलीको आलोचना गर्दै भने, ‘मुख्यमन्त्री सिंहले आर्थिक वर्षको अन्तिम तीन महिना मात्र बाँकी रहँदा पनि कुनै महत्त्वपूर्ण विकास काम नपुगेको छ र बजेट खर्चको मात्र १ प्रतिशत भएको छ ।’ यादवले थपे, ‘मुख्यमन्त्रीलाई विकास र बजेट खर्चमा ध्यान दिनुको सट्टा राति राति निजी अस्पतालहरुको अनुगमनमा मात्रै चासो देखाउनु गलत हो ।’
उनीहरूले मुख्यमन्त्री सिंहलाई जनताको काम प्राथमिकतामा राख्नुपर्ने र प्रदेशको समग्र विकासमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् । यादवले भने, ‘हामीले धेरै पटक ज्ञापन पत्र बुझाएर मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छौं । तर, उनले कुनै प्रतिक्रिया जनाएनन् । त्यसकारण हामीले आज मसाल जुलुस निकाल्न निर्णय गरेका छौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


