पर्साको ठोरीमा भारतीय नागरिकको हत्या

पर्सा, २९ माघ । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आज बिहान एक पुरुषको शव फेला परेको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेर मृतकको पहिचान ४५ वर्षीय भारतीय नागरिक राजदेव माझीको रूपमा गरेको छ । उनी पश्चिमी चम्पारण मानपुर थाना अन्तर्गत चौहाटा निवासी रहेको र नेपाल आएका थिए भन्ने जानकारी प्राप्त भएको छ ।
राजदेव माझीको शव ठोरी गाउँपालिका वडा नम्बर ५, बाघमोर्चा पुलको दक्षिण र भारतीय सीमा नजिकको झाडीमा फेला परेको हो । घटनास्थलमा शवको स्थिति र देखिएको अवस्थाले उनको हत्या गरेर फालिएको आशंका गरिएको छ । प्रहरीले उनको साथबाट मोबाइल र डायरी बरामद गरेको छ ।
प्रहरी निरीक्षक रन्जित लामाका अनुसार घटनास्थलमा प्राप्त प्रमाणहरूले हत्याको आशंका बलियो बनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको र घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने प्रयास जारी राखेको छ । यस हत्याको पृष्ठभूमि, कारण र संलग्न पक्षको पहिचानका लागि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
घटनाको अनुसन्धान अझै प्रारम्भिक चरणमा रहेको र यसबारेमा थप विवरण सङ्कलन हुँदै गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


