प्याब्सन मधेश प्रदेशको अध्यक्षमा गणेशकुमार साह चयन

जनकपुरधाम, २७ माघ । निजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मधेश प्रदेश समितिको चौथो अधिवेशन धनुषाको लालगढमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा गणेशकुमार साह सर्वसम्मत चयन भएका छन् । साह धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा अवस्थित गंगोत्री बोर्डिङ स्कुलका सञ्चालक हुन् ।
अधिवेशनले अन्य पदाधिकारीहरूलाई पनि चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र ठाकुर (रौतहट), उपाध्यक्षमा अरुण देव (सप्तरी) र पुरण प्रधान (पर्सा) चयन भएका छन् । सचिवको जिम्मेवारी लालबाबु राय (सिरहा) लाई दिइएको छ भने कोषाध्यक्षमा उज्जवल शमां (सर्लाही) र सहसचिवमा सिंहेश्वर पासवान (सिरहा) चयन भएका छन् ।
प्याब्सनका केन्द्रिय सदस्य नरेन्द्र शर्माका अनुसार प्रदेश समितिमा रामवरण यादव, पुरुषोत्तम बुढाथोकी, शिवचरण साह र पूर्णबहादुर लामा सदस्यका रूपमा चयन भएका छन् । १५ सदस्यीय प्रदेश समितिमा सहकोषाध्यक्षसहित तीन मनोनीत सदस्य पछि थप गरिनेछ ।
कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । उद्घाटन सत्रमा मन्तव्य राख्दै मन्त्री पौडेलले नेपाललाई शिक्षाको हब बनाउन सकिने धारणा व्यक्त गरे । उनले भने, ‘देशभित्र गुणस्तरीय शिक्षाको ग्यारेन्टी मात्र गर्ने होइन, विदेशबाट विद्यार्थीहरू नेपालमा अध्ययनका लागि आउने वातावरण सिर्जना गर्न सक्छौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


