जनकपुरधाम, २७ माघ । मधेश प्रदेश सभाको चौथो अधिवेशनको १३औं बैठक आइतबार दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले ‘प्रदेश कृषि विकास विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्दै यस उपर दफाबार छलफल जारी राख्नेछन् ।

मन्त्री क्षेत्रीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने र प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने छन् ।

त्यसैगरी, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाले ‘प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्न बनेको विधेयक’ सम्बन्धी छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्नेछन् ।

खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले ‘प्रदेश नीति आयोग गठन तथा सञ्चालन ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन् र संशोधन विधेयक पनि प्रस्तुत गरिने प्रदेश सभाका सचिव वासु प्रसाद कोइरालाले जानकारी दिए ।