त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका ३ मध्ये २ जना धरौटीमा रिहा

काठमाडौं, २५ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रतिवादी तीन जनालाई जनही एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।
धरौटी बुझाएर रिहा भएका प्रतिवादीहरूमा दोलखाका ४८ वर्षीय ललितकुमार केसी र झापाकी ५५ वर्षीया सितल राई रहेका छन् । तर, हुम्लाका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार पठाइएका छन् ।
प्रत्येक प्रतिवादीले आफ्नो बचाउमा विभिन्न दाबीहरू गरेका छन् । केसीले आफू सहकारी पीडित रहेको बताएका छन् भने राईले आफू कुनै पनि पार्टी वा संघसंस्थासँग आबद्ध नगरेको बताइन् । यसै गरी जैसीले आफूले त्रिपाठीमाथि आक्रमण नगरेको दाबी गरेका छन् ।
जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाका उपसभापति छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


