राराब क्याम्पसको परीक्षा केन्द्र परिवर्तन नहुने

जनकपुरधाम, २२ माघ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षका परीक्षार्थीहरूको लागि माघ २४ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा केन्द्र परिवर्तनको सूचना सार्वजनिक भएको छ ।
यस अघि परीक्षा विशेष कारणवश अन्य केन्द्रमा सर्ने भनिए पनि अन्ततः क्याम्पस प्रमुख प्रा. डा. वसन्तकुमार कर्णको आग्रहमा परीक्षा नियन्त्रक पुष्पराज जोशीको सहकार्यमा पुनः परीक्षा सोही केन्द्रबाट नै सञ्चालन गरिने निर्णय भएको छ ।
क्याम्पसका स्ववियु सभापति मनिष कुमार यादवले परीक्षा केन्द्र पुनः निर्धारित स्थानमा नै राखिएको जानकारी दिंदै सबै परीक्षार्थीहरूलाई परीक्षा मर्यादित रुपमा सञ्चालन गर्न आग्रह गरेका छन् । परीक्षामा सहभागी विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै उनले परीक्षाको सम्पूर्ण तयारी पुरा भएको र परीक्षामा कुनै अवरोध नहुने जानकारी दिएका छन् । साथै, निरीक्षकहरू, सरोकारवालाहरू र सम्पूर्ण विद्यार्थीहरूलाई अनुशासित र मर्यादित रूपमा परीक्षामा सहभागी हुन विशेष आग्रह गरिएको छ ।
उक्त परीक्षा केन्द्रमा पुनः परिवर्तन गरिएको निर्णयले विद्यार्थीहरूमा केही राहत महसुस भएको छ भने क्याम्पस प्रशासनले परीक्षा मर्यादित र सहज बनाउन सबै प्रकारका व्यवस्थाहरू मिलाइएको जनाएको छ । यादवले परीक्षा समयमा आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराइने बताउँदै विद्यार्थीहरूलाई निर्भीक भएर परीक्षामा सहभागी हुन हौसला प्रदान गरेका छन् ।
क्याम्पसले परीक्षाको मर्यादा कायम राख्न र कुनै पनि प्रकारको अनुशासनहीन गतिविधिलाई निरुत्साहित गर्न कडा निगरानी राखिने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


