चन्द्रनिगाहपुरमा खैरो हेरोइन सहित एक जना पक्राउ

रौतहट, २१ माघ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरबाट लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ निवासी ३१ वर्षीय सागर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार शनिबार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रपुर–४ चिडियादल टोलबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको साथबाट १.५ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीको भनाइ छ ।
श्रेष्ठलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धानको लागि जिल्ला अदालत गौरमा आइतबार म्याद थमाई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यस घटनाले चन्द्रनिगाहपुर लगायत आसपासका क्षेत्रमा लागुऔषध तस्करी र यसको प्रयोगको खतरा बढिरहेको संकेत दिएको छ । यसप्रति प्रहरी विशेष ध्यान दिँदै अनुसन्धान गरिरहेको छ ।
लागुऔषध दुव्र्यसन तथा तस्करी विरुद्धको सरकारी अभियानलाई सहयोग गर्नका लागि प्रहरीले सर्वसाधारणलाई सूचनाहरू उपलब्ध गराउन अपील गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


