चितवन, १९ माघ । पूर्वीनवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाँको राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा हृदयाघातका कारण मृत्यु भएको छ । मियाँ राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिवसमेत रहेका थिए ।

गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा सम्पन्न संघको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएपछि मियाँ मञ्चबाट ओर्लिँदै गर्दा अचानक ढलेका थिए । उनलाई तुरुन्तै उपचारका लागि चितवन मेडिकल कलेज लगिएको भए पनि उनको २ः४२ बजे निधन भएको अस्पतालले जनाएको छ ।

३७ वर्षका मियाँका परिवारमा श्रीमती, तीन छोरी र एक छोरा छन् । मियाँको आकस्मिक निधनपछि अधिवेशन स्थगित गरिएको छ ।