जनकपुरधाममा अवैध भवन निर्माणको मामिलामा मेयर र वडाध्यक्षबीच आरोप प्रत्यारोप

जनकपुरधाम, १६ माघ । मठमन्दिरको जग्गामा नक्सा पास नगरी अवैध रूपमा भवन निर्माण गर्ने भूमाफियाविरुद्ध जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले कडा कदम चाल्दै रोकथाम गरेका छन् । तर, यस क्रममा वडाध्यक्षको असहयोग र विवादित आरोपहरु थप जटिल बनेको छ ।
रामानन्द चोकको पश्चिमी भागमा स्थित बिहारकुण्ड नजिक सिया रघुनाथ सदनको जग्गामा भूमाफियाहरुले बिना नक्सा र वैध अनुमति भवन निर्माण गर्दै आएकाले यसविरुद्ध उपमहानगरपालिकाले निर्माण कार्य रोक्न आदेश दिएको छ । मेयर साहले निर्माण कार्य रोकेपछि वडाध्यक्ष दिनेश सिंहले मेयरसँग असहयोग गर्दै कार्य रोकेकोमा आपत्ति जनाएका छन् ।
नगरप्रमुख साहका अनुसार, “म अवैध निर्माण कार्य विरुद्ध कडा कदम चालिरहेको छु । कुनै हालतमा सार्वजनिक जग्गामा अवैध निर्माण हुनुहुँदैन,“ भनेका छन् । उनले निर्माण सामग्री जाँच गरी स्थानीय प्रहरी मार्फत उपकरणहरू उठाएर लगेको जानकारी दिएका छन् ।
तर, वडाध्यक्ष दिनेश सिंहले भने, “मैले निर्माण कार्य रोक्नु उचित होइन भनेको होइन । यसमा समन्वय र बुझाइको कमी भएको छ ।“ उनले मेयर साहलाई आरोप लगाउँदै भने, “मेयरले २–३ कठ्ठा जग्गा पाइसकेपछि अचानक ऐक्शनमा आएका छन् । यहाँ धेरै ठूला मान्छेको जग्गा पनि समावेश छ ।“
उपमहानगरपालिकाले यसबारेमा थप कारवाहीका लागि तयारी गरिरहेको छ । मेयर साहले निर्माण कार्य नरोकिए अवैध संरचनाहरू भत्काउन पनि उनीहरू तयार रहेको बताए ।
सिया रघुनाथ सदनको महन्थ नामदेव शरणले भने, “भुमाफियाहरुले हाम्रो जग्गा कब्जा गरेर घर बनाइरहेका छन् । मैले यसबारेमा उपमहानगरपालिकामा उजुरी दिएको छु ।“ उनको भनाइ अनुसार “सम्भवतः अब मठको जग्गा समेत सुरक्षित रहने छैन ।“
वडाध्यक्ष दिनेश सिंहले मेयर साहसँगको विवादलाई निराकरण गर्नुपर्ने विचार व्यक्त गर्दै भने, “निर्माण कार्य रोक्नु कुनै तरिकाले उचित होइन । यसरी रोक्दा सम्बन्धित पक्षसँग संवाद गरिनु पथ्र्यो ।“ उनले मेयर साहको पक्षमा रहेको कुनै प्रकारको सहमति नदिइएकोमा असन्तोष जनाएका छन् ।
उनले भने, “मैले भन्न सक्दिन, जे गरिरहेका छन्, उनीहरुले पैसासम्म फिर्ता गर्नुपर्छ ।“ साथै, उनले मेयर साहसँग प्रत्यक्ष आरोप लगाउँदै भने, “जसको मठको जग्गामा निर्माण कार्य भएको छ, त्यहाँ भीमाकाय भूमाफिया समुहको संलग्नता छ ।“
सिया रघुनाथ सदनको जग्गाको मूल्य हाल १९ करोड रुपैयाँ भन्दा बढी रहेको अनुमान गरिएको छ । यहि भूमि भूमाफियाहरुका लागि आकर्षणको केन्द्र बनेको छ । यसले जग्गा मालिकलाई थाहै नदिई निर्माण कार्य गर्न उत्साहित गरेका छन् ।
भूतपूर्व स्थितिमा भूमाफियाहरुले ५ लाख रुपैयाँ प्रतिधुर बजार मूल्य भएका जग्गा धनीलाई साढे एक लाखदेखि दुई लाख रुपैयाँमा बिक्री गरिरहेका छन् ।
यसको सन्दर्भमा महन्थ नामदेव शरणले भने, “भूमाफियाहरुले हाम्रो धर्मस्थलको मूल्यलाई कमजोर बनाउँदै जग्गा कब्जा गरेर कागजातहरू बनाइरहेका छन् ।“
मेयर साहका अनुसार यदि भूमाफियाहरु र अवैध निर्माण कार्यलाई रोक्न सकिएन भने, उपमहानगरपालिका स्थानीय कानूनी व्यवस्था अनुसार कडा कारवाही गर्ने तयारीमा छ ।
“स्थानीय सरकार सञ्चालन ऐनको दफा ३९ अनुसार, अवैध निर्माण कार्य भएको स्थानमा अबैध संरचना भत्काउने कडा कदम चाल्न तयार छु,“ मेयर साहले बताएका छन् ।
यो विवाद अझै समाधान नभएसम्म जनकपुरधामको स्थानीय प्रशासन र वडाध्यक्षका बीचका मतभेदलाई मिलाउन चुनौतीपूर्ण हुन सक्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


