जनता समाजवादी पार्टी नेपालमा बृहत पार्टी प्रवेश

सप्तरी, १६ माघ । जनता समाजवादी पार्टी नेपाल हनुमान नगर कंकालिनी नगर कार्य समिति सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिका बीच नेकपा माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गर्दै राहुल मण्डलको नेतृत्वमा सैंकडौं कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नगर अध्यक्षसमेत रहेका वडा नं. १४ का वडाध्यक्ष कृष्ण कुमार यादवको अध्यक्षतामा नेकपा माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गर्दै सयौं कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरे ।
पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय सभा संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय सचिव तथा मधेस प्रदेश सरकारका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादव लगायत अन्य प्रमुख नेताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


