बशिष्ठ मुनिको १८औं स्थापना दिवसमा रक्तदान र औषधि वितरण कार्यक्रम सम्पन्न

जनकपुरधाम, १५ माघ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २२ बसबिट्टीस्थित श्री बशिष्ठ मुनि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं स्थापना दिवसको उपलक्ष्यमा विशेष रक्तदान र औषधि वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष धर्मेश प्रसाद ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सरोज ठाकुर तथा विशिष्ट अतिथिका रुपमा डा. सन्तोष ठाकुरको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा १७ जनाले सहभागिता जनाउँदै रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा ९ जना पुरुष र ८ जना महिला थिए ।
रक्तदान गर्नेहरूमा धर्मेश प्रसाद ठाकुर, राकेश कुमार ठाकुर, सुरेश मण्डल, श्रवण ठाकुर, निरज कुमार चौधरी, राघवेन्द्र प्रसाद ठाकुर, प्रिंका पाण्डे, रूबी पाण्डित, शेखर कुमार ठाकुर, प्रिंयका कर्ण, सुनिता पाण्डे, राम कुमारी ठाकुर, अनिता पाण्डे, मिथिलेश यादव, प्रियंका ठाकुर, शिवचन्द्र पाण्डे र उमेश प्रसाद ठाकुर रहेका छन् ।
यसका साथै संस्थाले शेयर सदस्य र उनका आफन्तहरूलाई १५% छुटमा औषधि वितरण सेवा प्रदान गर्ने जानकारी गराएको छ । औषधि घरमै स्वयम्सेवकमार्फत उपलब्ध हुनेछ ।
संस्थाले प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालन गर्नेछ । सो शिविरमा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य जाँचको सुविधा प्रदान गरिने जानकारी पनि गराइएको छ ।
रक्तदान कार्यक्रमलाई सफल बनाउन मुख्य भूमिका निर्वाह गरेका मधेश रक्तसञ्चार सेवा मुजेलिया जनकपुरधामका प्राविधिक विरेन्द्र यादव र उनको टोलीलाई धन्यवाद ज्ञापन गरिएको छ । साथै, कार्यक्रम सफल बनाउन योगदान पुर्याउने अध्यक्ष, संचालक समिति, लेखा समिति, ऋण उप–समिति, शिक्षा उप–समिति, आय आर्जन समूहका पदाधिकारीहरू र संस्थाका सम्पूर्ण सदस्यहरूलाई पनि विशेष धन्यवाद व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


