बसमा यात्रा गर्दै गरेका एक यात्रुको मृत्यु

जनकपुरधाम, १५ माघ । काठमाडौंबाट धनुषाको जटही आउँदै गरेको बसमा एक यात्रु मृत फेला परेका छन् ।
मृतक भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको बसमा यादवलाई ढल्केवर पुग्दा सिटमै मृत फेला पारिएको थियो ।
प्रहरीले बसलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


