काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सोमबार नेता निधिले संघीय संरचनामा प्रहरीको प्रभावकारी वितरणको बारेमा धारणा प्रस्तुत गरे । उनका अनुसार संघमा केवल पाँच हजार प्रहरी राखेर बाँकी सबै प्रहरीलाई प्रदेशहरूमा समायोजन गर्न आवश्यक छ ।

प्रस्ताव अनुसार प्रदेशलाई थप सशक्त बनाउन प्रहरीको ठूलो हिस्सा प्रदेशमा पठाउनुपर्ने उनले जनाए । अहिले संघीय संरचनामा शसस्त्र प्रहरी ३६ हजार र जनपद प्रहरी ७९ हजारको संख्या रहेको छ ।

‘हामीले प्रदेशलाई अधिकार दिनु पर्छ, ताकि उनीहरूको कार्यक्षेत्र बलियो बने। संघमा पाँच हजार प्रहरी पर्याप्त छन्, बाँकी प्रदेशहरूमा पठाउनुपर्छ,’ निधिले भने ।

उनले संविधान संशोधनको प्रस्तावलाई छिटो संसदमा पेश गर्नुपर्ने कुरामा जोड दिए । कांग्रेस पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले विभिन्न गुनासा र सुझावहरू राखेका थिए ।

कांग्रेसको बैठक माघ १८ गतेसम्म चल्ने भएको छ । बैठकको अन्तिम दिन मन्त्रीहरूले आफ्नो कार्यबारे जानकारी दिने कार्यक्रम रहेको छ ।