काठमाडौं, माघ १४ । राष्ट्रिय मुक्ति पार्टी नेपालले अग्रगामी परिवर्तनको लागि सङ्घर्षरत राजनीतिक शक्तिहरूको बीच एक वृहत् संयुक्त मोर्चा निर्माण गर्ने उद्देश्यले कार्यदल गठन गरेको छ । पार्टीले राम नरेश रायको संयोजकत्वमा ७ सदस्यीय कार्यदल नियुक्त गरेको हो ।

कार्यदलका सदस्यहरूमा सुमन सायमी, केशव झा, सन्तोष कुमार मेहता, अनिल कुमार महासेठ, सिएन थारु र जुनतारा पुन मगर रहेका छन् ।

पार्टीले आज जारी गरेको विज्ञप्तिमा परिणाममुखी संघर्षका लागि मौजुदा सङ्घर्षशील राजनीतिक शक्तिहरू बिच संवाद, सहकार्य, कार्यगत एकता र एकीकरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख छ ।

अध्यक्ष राजेन्द्र महतोले सबै उत्पीडित समुदायहरूलाई पहिचान, समृद्धि, सुशासन र स्वाभिमानयुक्त नेपाल निर्माणका लागि साझा सङ्घर्षमा आउन आह्वान गरेका छन् ।