काठमाडौं, १२ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालले पार्टीको कोष स्थापनाका लागि आर्थिक समिति गठन गरेको छ ।

शनिबार बसेको पार्टीको बैठकले राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा, अभियान, सङ्घर्ष र विद्रोहलाई सफल बनाउन आर्थिक समिति गठन गरेको हो ।

पार्टी अध्यक्ष राजेन्द्र महतोका अनुसार यस समितिको उद्देश्य राष्ट्रिय मुक्ति अभियानलाई अघि बढाउँदै विद्रोहको निम्ति केन्द्रीय कोष स्थापना गर्नु हो ।

यो समितिको संयोजकत्व कमला कुमारी गुरुङले सम्हाल्नेछिन् । पार्टीले आर्थिक स्रोतको व्यवस्थापनमार्फत अभियानलाई थप सशक्त बनाउन समिति गठन गरेको महतोले बताए ।