जनकपुरधाममा गजेन्द्रनारायण सिंहको स्मृति दिवस विशेष कार्यक्रमका साथ मनाइयो

जनकपुरधाम, १० माघ । मधेश आन्दोलनका प्रारम्भकर्ताका रुपमा परिचित नेपाल सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहको स्मृति दिवस जनकपुरधाममा विशेष कार्यक्रम गरी मनाइएको छ ।
सो अवसरमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय नेताहरु रमण पाण्डेय, संजय सिंह, रामकृपाल साह, संजय चौधरी, दीपक झा, युवा नेताहरु विनोद ठाकुर, नीतु यादव, शंकर पासवान, गणेश राय लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मधेश आन्दोलन र मधेश क्षेत्रको विकासमा गजेन्द्रनारायण सिंहको महत्वपूर्ण योगदानको चर्चा गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


