जनकपुरधाम, ७ माघ । जनकपुरधाममा सवारी दुर्घटनामा परी मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहसहित तीनजना घाइते भएका छन् ।
स्थानीय रामानन्द चोकमा सोमबार राति दुई भिन्न मन्त्रालयका गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
खानेपानी मन्त्रालयको म. प्र. ०३-००१ झ ००९६ नम्बरको गाडीले स्वास्थ्य मन्त्री सवार म. प्र.०२ – ००१ झ ०१६५ नम्बरको गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्वास्थ्य मन्त्रीका गाडी चालक २८ वर्षीय रञ्जिप कुमार सिंह र खानेपानी मन्त्रालयको गाडी चालक २१ वर्षीय सज्जन मण्डल पनि सामान्य घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मन्त्री सिंहको प्रादेशिक अस्पताल जनकपुरधामको आइसियु कक्षमा राखेर उपचार भइरहेको छ ।
दुर्घटनाको कारण र थप विवरण भने अझै खुल्न बाँकी रहेको छ।