त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ

काठमाडौं, ६ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे छन् । उनलाई टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
पाण्डेविरुद्ध प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । त्रिपाठीमाथि कुटपिटको घटना माघ २ गते काठमाडौंको जिल्ला अदालतको दक्षिण गेट बाहिर घटित भएको थियो । यसअघि प्रहरीले ललित केसी नामक व्यक्तिलाई पनि कुटपिट आरोपमा पक्राउ गरेको थियो ।
प्रहरीले कुटपिट आरोपमा पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


