जनता सहयोगी बचतद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

जनकपुरधाम, ५ माघ । जनता सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारण सभाको उपलक्ष्यमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शिविर जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियामा आयोजना गरिएको थियो । शिविरमा विभिन्न रोगका करिब २५० जना स्थानीयले निःशुल्क उपचार र औषधि प्राप्त गरेका थिए ।
शिविरमा स्वास्थ्यका विभिन्न क्षेत्रका विशिष्ट चिकित्सकहरुले चेकजाँच र परामर्श दिएका थिए । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. कविता साह, दन्त रोग विशेषज्ञ डा. मिसा महासेठ, कन्सलटेन्ट फिजिसियन डा. पंकज कुमार साह र आँखा रोग विशेषज्ञ डा. हेमचन्द्र झाले रोगीहरूको उपचार गरेका थिए ।
कार्यक्रमको अध्यक्षता रामचन्द्र पजियारले गरेका थिए भने प्रमुख अतिथिका रूपमा जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर लालकिशोर साह र विशेष अतिथिका रूपमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का कार्यबाहक वडाध्यक्ष शेषनारायाण मण्डल उपस्थित थिए । यस अवसरमा वडा सदस्य अमजद हुसैन, महलिा वडा सदस्य गायत्री देवी ठाकुर, शान्ति देवी मण्डल लगायतका स्थानीय व्यक्तिहरु पनि सहभागी भए ।
समाजसेवी ललित बजाज, प्रमोद अग्रवाल, महादेव मुखिया, लक्ष्मी साह, प्रदिप दत्त, राजदेव मण्डल लगायतका विभिन्न समाजसेवी व्यक्तिहरुको पनि कार्यक्रमलाई सर्मथन र सहकार्य रहेको थियो ।
यस स्वास्थ्य शिविरको आयोजनाले स्थानीय समुदायलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन र स्वास्थ्यका बारेमा जनचेतना बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । शिविरले स्थानीय बासिन्दाहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न र सहकारी संस्थाको सामाजिक जिम्मेवारीलाई अझ सशक्त बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य सेवाका साथसाथै सहयोग र सँगसँगै काम गर्ने महत्वको बारेमा समेत चर्चा गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


