नेपाल सदभावना पार्टी र तमलोपाले मनायो बलिदानी दिवस

जनकपुरधाम, ५ माघ । प्रथम मधेश आन्दोलनको आज १८ वर्ष पूरा भएको छ । आजका दिनलाई मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरी बलिदानी दिवसका रूपमा मनाएका छन् ।
यसैबिच, नेपाल सदभावना पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले पनि शनिबार जनकपुरधाममा मधेश आन्दोलनका शहीदहरुको सम्झनामा बलिदानी दिवस मनाएको हो ।
२०६३ साल माघ ५ गते प्रथम मधेश आन्दोलनका क्रममा पहिलो पटक सिरहाको लहानमा रमेश महतो शहीद भएका थिए । प्रहरीको गोली लागेर उनको मृत्यु भएपछि मधेशभर आन्दोलन चर्किएको थियो ।
आज मधेश केन्द्रित दल तथा तिनका नेताहरूले लहानस्थित रमेश महतोको सालिकमा माल्यार्पण गर्नुका साथै अन्य औपचारिक कार्यक्रमहरू पनि आयोजना गरेका छन् ।
२०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा मधेशमा माघ ५ गते बलिदानी दिवस मनाइन्छ ।
मधेसी जनताले पहिलोपटक राज्यसत्तासँग विद्रोह गरेका थिए । मधेश आन्दोलनलाई ‘मधेश जनविद्रोह’, ‘मधेश जनआन्दोलन’ भन्न सकिन्छ । धेरै मधेसी जनताले भन्ने पनि गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


