प्रादेशिक अस्पताल जलेश्वरको प्रमुखमा बालरोग विशेषज्ञ डा. विकास साह नियुक्त

जनकपुरधाम, ४ माघ । प्रादेशिक अस्पताल जलेश्वरको प्रमुखमा बालरोग विशेषज्ञ डा. विकास साहलाई नियुक्त गरिएको छ ।
डा. साह कन्सल्टेन्ट पेडियाट्रिक ९औं तहका एक अनुभवी चिकित्सक हुन् । डा. साहले हालसम्म बालबालिकासम्बन्धी चिकित्सा क्षेत्रमा आफ्नो उत्कृष्ट सेवा प्रदान गर्दै आएका छन् ।
उनको नियुक्ति प्रक्रिया मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिश र मुख्यमन्त्री कार्यालयको सहमतिमा भएको हो ।
डा. विकास साहको नियुक्तिपछि अस्पतालको व्यवस्थापन र कार्यक्षमता सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । डा. साहले अस्पतालका सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोलीसँग मिलेर सबै प्रकारका स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने र जलेश्वरको अस्पताललाई क्षेत्रीय स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्र बनाउने आफ्नो मुख्य योजना रहने बताए ।
डा. साहले बाल चिकित्सा क्षेत्रमा आफ्नो अनुभवको उपयोग गर्दै अस्पतालमा बालबालिकासम्बन्धी सेवाहरूलाई अझ सुदृढ र विस्तारित गर्ने योजना बनाएको पनि जानकारी दिए ।
प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डा. विकास साहको नेतृत्वमा अस्पतालले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ ।
डा. साहको नेतृत्वमा जलेश्वर अस्पतालले दीर्घकालीन रूपमा उच्च गुणस्तरीय स्वास्थ्य सेवाको प्रदायगी गर्न महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


