राष्ट्रपतिद्वारा ३ नेपाली राजदूत गैरआवासीय राजदूतमा नियुक्त

काठमाडौं, २ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले ३ नेपाली राजदूतलाई गैरआवासीय राजदूतको रूपमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले भरतराज पौडेललाई गणतन्त्र क्यूवा, धनबहादुर ओलीलाई भियतनाम र निर्मल राज काफ्लेलाई भेनेजुएलाको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
क्यानाडाका लागि भरतराज पोखरेल, थाइल्याण्डका लागि धनराज ओली र ब्राजिलका लागि निर्मलराज काफ्ले आवासीय राजदूतको रूपमा कार्यरत छन् ।
यस नियुक्तिको उद्देश्य नेपाल र ती देशहरूसँगको कूटनीतिक सम्बन्धलाई सुदृढ पार्नु रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


