जनकपुरधाम, २ माघ । मोर्डन नेपाल ई.मे.बो. स्कूल जनकपुरधाम–७ का प्रधानाध्यापक दीपक कुमार ठाकुरलाई जनकपुरधाम उपमहानगरपालिकाको नगर शिक्षा समितिको सदस्य पदमा मनोनयन गरिएको छ ।

शिक्षा तथा खेलकुद विकास शाखाले बुधबार ठाकुरलाई सो पदमा मनोनयन गरेको हो ।

नगर शिक्षा ऐन–२०७७ को दफा ९(१)(ज) बमोजिम कार्यालयको निर्णयानुसार नगर शिक्षा समितिबाट अनुमोदन गरिने शर्तमा ठाकुरलाई यो पदमा नियुक्ति दिइएको छ ।

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले ठाकुरको नियुक्ति बारे जानकारी दिएका छन् ।